पोखरामा रास्वपाको ‘परिवर्तन उद्घोष’ कार्यक्रम स्थगित


पोखरामा रास्वपाको ‘परिवर्तन उद्घोष’ कार्यक्रम स्थगित
  • नवकिरण
  • फागुन ८, २०८२

काठमाडौँ, फागुन ८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्कीको पोखरामा आयोजना गर्ने भनिएको ‘परिवर्तन उद्घोष’ सभा स्थगित गर्ने निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लक्षित गर्दै फागुन १० गतेका लागि तय गरिएको उक्त कार्यक्रम तत्कालका लागि रोकिने भएको हो।

पार्टीका उपसभापति डोलप्रसाद अर्यालले विज्ञप्ति जारी गर्दै संगठनात्मक प्राथमिकता, रणनीतिक तयारी तथा व्यवस्थापनसम्बन्धी कारणले कार्यक्रम स्थगन गरिएको जानकारी दिएका छन्। उनले पार्टीले निर्वाचन तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम तालिकामा पुनरावलोकन गरिएको स्पष्ट पारे।

यसअघि रास्वपाले रुपन्देहीको भैरहवामा आयोजना गर्ने भनिएको चुनावी सभा पनि स्थगित गरेको थियो। आगामी निर्वाचनलाई ध्यानमा राख्दै पार्टीले कार्यक्रमहरू पुनःतालिका बनाएर सार्वजनिक गर्ने संकेत दिएको छ।