काठमाडौंमा मतदानपछि सर्लाही पुगे गगन थापा, मतदान केन्द्रको निरीक्षणमा व्यस्त


काठमाडौंमा मतदानपछि सर्लाही पुगे गगन थापा, मतदान केन्द्रको निरीक्षणमा व्यस्त
  • नवकिरण
  • फागुन २१, २०८२

काठमाडौं, फागुन २१ – नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंमा मतदान गरेपछि सर्लाही प्रस्थान गरेका छन्।

प्रतिनिधिसभा सदस्यका लागि सर्लाही–४ बाट उम्मेदवारी दिएका थापा मतदानपछि सिधै त्यहाँ पुगेको उनका सचिवालयले जनाएको छ।

सर्लाही पुगेपछि थापा विभिन्न मतदान केन्द्रहरूको निरीक्षणमा समेत निस्किएका छन्। निर्वाचनको अवस्था बुझ्न र मतदान प्रक्रियाबारे जानकारी लिन उनी क्षेत्रका केन्द्रहरूमा पुगेको बताइएको छ।

सर्लाही–४ मा यस पटक थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।