जेनजी प्रदर्शनबारे गठित जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउने


जेनजी प्रदर्शनबारे गठित जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउने
  • नवकिरण
  • फागुन २४, २०८२

काठमाडौं, फागुन २४ – जेनजी प्रदर्शनसम्बन्धी घटनाको अध्ययन तथा छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने भएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन पेश गर्ने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।

आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उक्त प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताइएको छ। आयोगले केही समयदेखि प्रदर्शनसँग सम्बन्धित विभिन्न पक्षबारे अनुसन्धान तथा अध्ययन गर्दै आएको थियो।