काठमाडौं, फागुन २९ – प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
शाहीले निर्वाचन अभियानका क्रममा कुल २० लाख ५५ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्। उनले उक्त खर्च विवरण जिल्ला निर्वाचन कार्यालय जुम्लामा बुझाएका हुन्।
उनका अनुसार चुनावी अभियानमा सवारी साधन र इन्धनतर्फ सबैभन्दा बढी ५ लाख ९० हजार रुपैयाँ खर्च भएको छ।
यस्तै प्रचार–प्रसार, सभा आयोजना, कार्यालय सञ्चालन लगायतका शीर्षकमा पनि खर्च गरिएको उनले जानकारी दिएका छन्।
शाहीले आफ्नो चुनावी खर्चलाई विभिन्न ८ वटा शीर्षकमा वर्गीकरण गरी निर्वाचन कार्यालयमा विवरण पेश गरेका छन्।

