समानुपातिक प्रणालीबाट निर्वाचित केसीले पदभार ग्रहण, सांसदलाई शपथ गराउने तयारी


समानुपातिक प्रणालीबाट निर्वाचित केसीले पदभार ग्रहण, सांसदलाई शपथ गराउने तयारी
  • नवकिरण
  • चैत्र ११, २०८२

काठमाडौं, चैत ११ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बुधबार पदभार सम्हाल्दै संसदीय प्रक्रियालाई अघि बढाएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै उनले संसद् सचिवालयमा पुगेर आफ्नो जिम्मेवारी सुरु गरेका हुन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले केसीलाई शपथ गराएका थिए। त्यसपछि सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर उनले औपचारिक रूपमा कार्यभार ग्रहण गरेका छन्।

नेपाली कांग्रेसका नेता केसी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका हुन्। ७८ वर्षीय केसीलाई ज्येष्ठ सदस्यको हैसियतमा संसद्को प्रारम्भिक नेतृत्व गर्ने जिम्मेवारी दिइएको हो।

उनले चैत १२ गते प्रतिनिधि सभाका २७४ सांसदलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख चयन नभएसम्म प्रतिनिधि सभा बैठक सञ्चालनको जिम्मेवारी पनि उनैको काँधमा रहनेछ।

यसपटकको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्।