बालेनको शपथमा चार पूर्वप्रधानमन्त्री उपस्थित, ओली किन भए अनुपस्थित?


बालेनको शपथमा चार पूर्वप्रधानमन्त्री उपस्थित, ओली किन भए अनुपस्थित?
  • नवकिरण
  • चैत्र १३, २०८२

काठमाडौं, चैत १३ – प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहको शपथ ग्रहण समारोहमा चार जना पूर्वप्रधानमन्त्रीहरूको उपस्थिति देखिएको छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी भएका थिए।

यसैगरी, अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी समेत कार्यक्रममा उपस्थित रहेका थिए।

यता, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने समारोहमा उपस्थित भएनन्। साथै, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण कार्यक्रममा सहभागी हुन सकेनन्।

नवनियुक्त प्रधानमन्त्री शाहको शपथ समारोहमा प्रमुख राजनीतिक व्यक्तित्वहरूको उपस्थिति र अनुपस्थितिले समसामयिक राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ।