डोटी, चैत १४ – केपी शर्मा ओली पक्राउको विरोधमा भइरहेको प्रदर्शनका क्रममा डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा पनि सडकमा उत्रिएका छन्। एमालेबाट निर्वाचित अध्यक्ष ओझा काठमाडौंमा आयोजित विरोध कार्यक्रममा सहभागी भएका हुन्।
प्रदर्शनका क्रममा ओझाको अभिव्यक्ति र व्यवहारले चर्चा पाएको छ। सामाजिक सञ्जालमा फैलिएको भिडियोमा उनले आक्रोश व्यक्त गर्दै ‘गोली ठोक्नुस’ भन्दै लुगा फुकालेको देखिन्छ। उक्त दृश्य सार्वजनिक भएसँगै विभिन्न प्रतिक्रिया आइरहेका छन्।
ओझाले भने आफूले कानूनको सम्मान गर्दै प्रदर्शनमा सहभागी भएको स्पष्ट पारेका छन्। “दोषी भए कानुनअनुसार कारबाही हुनुपर्छ, तर बिरामी र वृद्ध व्यक्तिलाई यसरी पक्राउ गर्नु उचित होइन,” उनले बताएका छन्।
यसअघि २३ र २४ भदौमा भएको जेन–जी आन्दोलन सम्बन्धी छानबिनका लागि गठित आयोगको सिफारिसका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक लाई नियन्त्रणमा लिएको थियो।
उक्त घटनापछि नेकपा एमाले ले देशव्यापी विरोध कार्यक्रम घोषणा गर्दै विभिन्न स्थानमा प्रदर्शन गरिरहेको छ।
