हनुमान जयन्तीमा पशुपति पुगे गृहमन्त्री गुरुङ


हनुमान जयन्तीमा पशुपति पुगे गृहमन्त्री गुरुङ
  • नवकिरण
  • चैत्र १९, २०८२

काठमाडौं, चैत १९ – गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरमा पुगेर पूजाअर्चना गरेका छन्।

हनुमान जयन्तीको विशेष अवसरमा उनले बिहीबार बिहान मन्दिर परिसरमा उपस्थित भई विधिपूर्वक पूजा गर्दै दर्शन गरेका हुन्।

दर्शनका क्रममा उनले पशुपति क्षेत्रको अवस्थाबारे अवलोकन समेत गरेका थिए।

गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि पशुपतिनाथ मन्दिरमा उनको यो पहिलो भ्रमण भएको बताइएको छ।