एसईईमा कडाइ : सिरहामा ६ जना निष्कासित, १९४ मोबाइल बरामद


एसईईमा कडाइ : सिरहामा ६ जना निष्कासित, १९४ मोबाइल बरामद
  • नवकिरण
  • चैत्र २१, २०८२

सिरहा, चैत २१ – माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत सिरहामा प्रशासनले कडाइ बढाएको छ। नेपाली विषयको दोस्रो दिनको परीक्षामा गरिएको अनुगमनका क्रममा अनियमितता भेटिएपछि कारबाही गरिएको हो।

जिल्लाका ९ वटा परीक्षा केन्द्रबाट १९४ मोबाइल फोन र २ थान स्मार्ट वाच बरामद गरिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ।

परीक्षा मर्यादा उल्लंघन गरेको आरोपमा २ जना केन्द्राध्यक्ष र ४ जना निरीक्षकलाई निष्कासन गरिएको छ। निष्कासित हुनेमा संजय यादव र रामकिशोर यादव रहेका छन्।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले अमर्यादित गतिविधि देखिएपछि तत्काल कारबाही गरेको जनाएको छ।

यस वर्ष सिरहाबाट ११ हजार ३७ विद्यार्थी एसईईमा सहभागी भएका छन् भने परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भइरहेको छ ।