रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच राजनीतिक भेटवार्ता


रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच राजनीतिक भेटवार्ता
  • नवकिरण
  • चैत्र २१, २०८२

काठमाडौं, चैत २१ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच शनिबार भेटवार्ता भएको छ।

लामिछानेको निवासमा सम्पन्न उक्त भेट करिब एक घण्टा लामो रहेको बताइएको छ। भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिका विषयमा दुबै नेताबीच विचार आदानप्रदान भएको थियो।

विशेषगरी प्रतिनिधि सभाको उपसभामुख चयनमा सम्भावित सहकार्यबारे छलफल भएको स्रोतले जनाएको छ। साथै संसदभित्र कसरी प्रभावकारी भूमिका खेल्ने भन्ने विषयमा समेत कुराकानी केन्द्रित रहेको बताइएको छ।

यस भेटलाई पछिल्लो राजनीतिक समीकरण र दलहरूबीचको सहकार्यको सन्दर्भमा महत्त्वपूर्ण रूपमा हेरिएको छ।