काठमाडौं, चैत २२ – नेपाली कांग्रेस को आधिकारिकता सम्बन्धी विवादबारे आज सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ। पेसी सूचीमा यो मुद्दा १२औं नम्बरमा समावेश गरिएको छ।
यसअघि चैत १ गते तोकिएको सुनुवाइ समय अभावका कारण स्थगित भएको थियो। त्यतिबेला रिट निवेदक पूर्ण बहादुर खड्का बहसका लागि अदालत पुगेका थिए, तर पालो नआएपछि मुद्दा सरेको थियो।
आजको पेसीमा दुवै पक्षका नेताहरू अदालतमा उपस्थित हुने तयारीमा छन्। उपसभापति विश्व प्रकाश शर्मा ले पनि आफ्नो पक्ष राख्न अदालत जाने जनाइएको छ।
विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि र त्यसलाई निर्वाचन आयोग ले मान्यता दिएपछि असन्तुष्ट पक्ष अदालत पुगेको हो। खड्काले थापा, शर्मा र आयोगलाई विपक्षी बनाउँदै रिट दायर गरेका छन्।
