पूर्वप्रधानमन्त्री देउवा र पत्नीमाथि पक्राउ पुर्जी जारी


पूर्वप्रधानमन्त्री देउवा र पत्नीमाथि पक्राउ पुर्जी जारी
  • नवकिरण
  • चैत्र २५, २०८२

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको क्रममा उनीहरुको नाममा पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ। स्रोतका अनुसार, “अदालतले अनुमति दिइसकेको छ, तर दम्पती विदेशमा भएकाले पक्राउ हुन सकेको छैन।”

देउवा दम्पती १३ फागुनमा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यसपछि हङकङ जाने खबर सार्वजनिक भएको थियो।

यसअघि जेनजी आन्दोलनको क्रममा दम्पतीमाथि कुटपिट भएको थियो भने बुढानीलकण्ठस्थित घरमा आगजनी गर्दा जलेका पैसाका नोट फेला परेको थियो।

सम्पत्ति शुद्धीकरण विभागले निवासमा मुचुल्का उठाएको थियो र अहिले उक्त अनुसन्धान सीआईबी मार्फत अगाडि बढिरहेको छ।