ओलीको विकल्प खोज्दै एमाले, पार्टीभित्र ध्रुवीकरण बढ्यो


ओलीको विकल्प खोज्दै एमाले, पार्टीभित्र ध्रुवीकरण बढ्यो
  • नवकिरण
  • बैशाख १, २०८३

काठमाडौं, वैशाख १ – नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प र पार्टी पुनर्गठनबारे आन्तरिक बहस चर्किएको छ । शीर्ष नेतादेखि जिल्ला तहसम्म नेतृत्व परिवर्तन आवश्यक रहेको आवाज उठ्न थालेको छ ।

पार्टीका महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलसहितका नेताहरूबीच नेतृत्व र संगठनको भविष्यबारे आन्तरिक छलफल भइरहेको बताइएको छ । यद्यपि उनीहरूले सार्वजनिक रूपमा स्पष्ट धारणा दिएका छैनन् ।

जिल्ला कमिटीहरूले निर्वाचन परिणामको समीक्षा गर्दै वर्तमान नेतृत्वबाट पार्टी अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । उनीहरूले आत्मालोचना र संरचनागत सुधारको आवश्यकता औंल्याएका छन् ।

युवा तथा विद्यार्थी समूहले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाएपछि पार्टीभित्र दबाब थप बढेको छ । नेतृत्व परिवर्तन र संगठन पुनर्संरचनाको माग बलियो बन्दै गएको छ ।

यसबीच नेतृत्व विवाद र आन्तरिक असन्तुष्टिले एमालेको आगामी रणनीति र संगठनात्मक संरचनामा ठूलो बहस सिर्जना गरेको देखिएको छ ।