धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, ४२ वर्षीय व्यक्ति नियन्त्रणमा


धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, ४२ वर्षीय व्यक्ति नियन्त्रणमा

|?????????????????????????????????????????????????????????

  • नवकिरण
  • बैशाख ४, २०८३

धनकुटा, वैशाख ४ – धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति महालक्ष्मी नगरपालिका–६ गुठका धनबहादुर गिरी रहेको प्रहरीले जनाएको छ।

घटनापछि पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले ती व्यक्तिलाई आफ्नै घरबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरीका अनुसार पीडित बालिका जन्मदेखि नै बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ। घरमा अन्य सदस्य नभएको बेला आरोपितले जबर्जस्ती गरेको प्रारम्भिक विवरणमा उल्लेख छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।