अवैध रूपमा भारत लैजान खोजिएको ६ हजार किलो स्याउ सीमा क्षेत्रबाट बरामद


अवैध रूपमा भारत लैजान खोजिएको ६ हजार किलो स्याउ सीमा क्षेत्रबाट बरामद
  • नवकिरण
  • बैशाख १९, २०८३

महोत्तरी, वैशाख १९ – महोत्तरीको नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजान लागिएको ठूलो परिमाणको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

शनिबार मनराशीसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले ६ हजार ९ किलोग्राम स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरूमा प्रदेश ०२–०२–००१ च ०७२२, प्रदेश १–०४–००१ च ०४१४ र मधेश प्रदेश ०४–००१ च ०३८० नम्बरका सवारी साधन रहेका छन् ।

ती गाडीमा ३४५ कार्टुनमा राखिएको स्याउ फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

बरामद गरिएको स्याउ र सवारी साधनलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।