रास्वपा सचिवालयमा सागर ढकालको औपचारिक प्रवेश, लिए शपथ


रास्वपा सचिवालयमा सागर ढकालको औपचारिक प्रवेश, लिए शपथ
  • नवकिरण
  • बैशाख २०, २०८३

काठमाडौं, वैशाख २० – राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त सचिवालय सदस्य सागर ढकालले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

पार्टी कार्यालय बनस्थलीमा आयोजित कार्यक्रममा सभापति रवि लामिछानेले ढकाललाई शपथ गराएका हुन्।

यसअघि वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गर्दै नयाँ सदस्य थप्ने निर्णय गरेको थियो।

सोही बैठकबाट सभापति लामिछानेको प्रस्तावमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालय सदस्यमा चयन गरिएको थियो।

नयाँ सदस्य थपिएसँगै रास्वपाको सचिवालय १६ सदस्यीय संरचनामा विस्तार भएको छ।