ऊर्जा क्षेत्रमा सरकारको कडा कदम, प्राधिकरण र आयोगका नेतृत्व एकैपटक हटाइए


ऊर्जा क्षेत्रमा सरकारको कडा कदम, प्राधिकरण र आयोगका नेतृत्व एकैपटक हटाइए
  • नवकिरण
  • बैशाख २१, २०८३

काठमाडौँ, वैशाख २१ – सरकारले लागू गरेको “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” अनुसार ऊर्जा क्षेत्रसँग सम्बन्धित विभिन्न निकायका पदाधिकारीहरू पदमुक्त भएका छन् ।

ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपाल विद्युत् प्राधिकरण का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित बोर्डका सदस्यहरू रतनबहादुर ऐर, डा. बलबहादुर पराजुली, श्यामकिशोर यादव र रोहित पौडेल आफ्नो पदबाट हटेका छन् ।

यस्तै विद्युत् नियमन आयोग का अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरू डा. मधुसुधन अधिकारी, डा. झमकप्रसाद शर्मा, गौतम डङ्गोल तथा भागिरथी भट्टराई ज्ञवाली पनि पदमुक्त भएका छन् ।

सरकारले सार्वजनिक संस्थाहरूको संरचना पुनर्संयोजन गर्दै कार्यसम्पादनमा सुधार ल्याउने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।