सरकारले ७ दिनभित्र बाँदर नियन्त्रण नगरे संसद् बैठक अवरुद्ध गर्ने चेतावनी


सरकारले ७ दिनभित्र बाँदर नियन्त्रण नगरे संसद् बैठक अवरुद्ध गर्ने चेतावनी
  • नवकिरण
  • जेष्ठ ७, २०८३

काठमाडौं, जेठ ७ – नेकपा (एमाले) का सांसद राजेन्द्रकुमार राईले सरकारले बाँदर आतंक नियन्त्रणमा कारवाही नगरेको खण्डमा संसद् बैठक सञ्चालनमा समस्या आउने चेतावनी दिएका छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले बाँदरले दैनिक जीवनमा ठूलो असुविधा सिर्जना गरेको उल्लेख गर्दै सरकारले यस विषयमा सिरियस ध्यान दिनुपर्ने बताए। उनले भने, “यदि मानिसले अपराध गर्छ भने प्रहरीले उसलाई नियन्त्रणमा लिन्छ र जेल पठाउँछ, तर बाँदरले जनतालाई कष्ट दिएको अवस्थामा किन सरकार चुपचाप बस्छ?”

सांसद राईका अनुसार, बाँदरले धेरै मानिसको खाना र दैनिकीमा बाधा पुर्‍याएको छ। “सयौँ मानिसले दाल, भात, तरकारी खान पाएनन्। जनताको जीवनमा यति ठूलो समस्या हुँदा सरकारले यो मुद्दा गम्भीरतापूर्वक लिनुपर्छ,” उनले जोड दिए।

एमाले सांसद राईले ७ दिनभित्र बाँदर नियन्त्रणका ठोस कदम नचाले संसद् बैठकलाई अवरोध पुर्‍याउने चेतावनी समेत दिएका छन्। उनले सरकारलाई तत्काल प्रभावकारी उपाय लागू गरी जनजीवनमा पर्ने असर कम गर्न आग्रह गरे।