चितवन, जेठ ८ – पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सरकारले लगाएका करविरुद्ध चितवनमा आइतबार अनौठो र्याली हुने भएको छ।
‘गरी खान देऊ’ अभियानका मिराज ढुंगाना नेतृत्वको चितवन शाखाले मोटरसाइकल नचढी, आफ्ना सवारी साधन हातले तानेर चौबिसकोठीबाट लायन्स चोकसम्म र्याली गर्ने तयारी गरेको छ।
अभियानको उद्देश्य आर्थिक संकटको समयमा लगाइएका अनावश्यक कर हटाउन सरकारमाथि दबाब दिनु रहेको छ। ढुंगानाका अनुसार, पेट्रोलियम पदार्थमा भन्सार महसुल, प्रदूषण शुल्क, सडक मर्मत दस्तुर, पूर्वाधार विकास कर, मूल्य अभिवृद्धि कर र हरित कर गरी ६ प्रकारका कर लगाइएका छन्। हाल प्रतिलिटर पेट्रोलको मूल्य २१७ रुपैयाँ पुगेको छ, जसमा कर मात्र करिब ६५–७० रुपैयाँ रहेको छ।
‘हाम्रो र्यालीले सरकारको ध्यान आकषिर्त गर्ने छ। माग पेट्रोलमा छुट होइन, अनावश्यक कर हटाउनेमा केन्द्रित छ,’ ढुंगानाले बताए। र्या अपराह्न ४:३० बजे सुरु हुनेछ।
