काठमाडौं, जेठ १८ – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ। संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
अर्थमन्त्रीको प्रस्ताव प्रस्तुत भएपछि सांसदहरूले बजेटका विभिन्न पक्षबारे धारणा राख्नेछन्। यससँगै आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमाथि प्रतिनिधिसभामा औपचारिक छलफल प्रारम्भ हुनेछ।
सरकारले गत शुक्रबार सार्वजनिक गरेको बजेटमाथि सत्तापक्ष र प्रतिपक्ष दुवैबाट विभिन्न प्रतिक्रिया आइरहेका बेला संसदमा हुने छलफललाई चासोका साथ हेरिएको छ।
