वेल घेराउको प्रभाव: सभामुख र सांसदबीचको दूरी फराकिलो बनाइयो


वेल घेराउको प्रभाव: सभामुख र सांसदबीचको दूरी फराकिलो बनाइयो
  • नवकिरण
  • जेष्ठ १८, २०८३

काठमाडौं, जेठ १८ – प्रतिनिधि सभाको बैठक कक्षमा सभामुखको आसन र सांसदहरू बस्ने स्थानबीचको दूरी बढाइएको छ। अघिल्लो दुई पङ्क्तिका कुर्सी हटाइएपछि सभामुख र सांसदहरूबीचको भौतिक दूरी अझ फराकिलो बनाइएको संसद सचिवालयले जनाएको छ।

सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार फ्लोरतर्फका अगाडिका दुई रो कुर्सी हटाइएको हो।

आइतबारको बैठकमा केही सांसदहरू सभामुखको आसन नजिक पुगेर विरोध जनाएपछि सुरक्षा र व्यवस्थापनलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ।

यसअघि प्रतिनिधि सभा नियमावली पारित गर्ने प्रक्रियामा विवाद उत्पन्न भएपछि बैठकमा तनावपूर्ण अवस्था बनेको थियो। सभामुख डिपी अर्यालले प्रक्रिया अघि बढिसकेको भन्दै समितिमा पठाउने विपक्षीको माग अस्वीकार गरेका थिए।

त्यसपछि विपक्षी सांसदहरूले थप छलफलको माग गर्दै वेल घेराउ र नाराबाजी गरेका थिए। स्थिति असहज बनेपछि सभामुखले मर्यादापालकको घेराभित्र रहेर सदन सञ्चालन गर्नुपरेको हो।