विमानस्थलमा यात्रु ल्याउन–लानेलाई राहत, १५ मिनेटसम्म पार्किङ निःशुल्क


विमानस्थलमा यात्रु ल्याउन–लानेलाई राहत, १५ मिनेटसम्म पार्किङ निःशुल्क
  • नवकिरण
  • जेष्ठ २२, २०८३

काठमाडौं, जेठ २२ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु छोड्न वा लिन आउने सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ समयावधि बढाएको छ। नयाँ व्यवस्थाअनुसार अब १५ मिनेटभित्र सवारीसाधन बाहिरिए पार्किङ शुल्क लाग्ने छैन।

विमानस्थल प्रशासनले यात्रुको चाप र सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै यो निर्णय गरेको जनाएको छ। यसअघि सात मिनेटसम्म मात्र निःशुल्क सुविधा उपलब्ध थियो।

विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार हालका लागि एक महिनाको परीक्षण अवधिमा यो व्यवस्था लागू गरिएको हो। यात्रुहरूलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले समय थप गरिएको उनले बताए।

उनले तोकिएको समयभित्रको ‘पिक एण्ड ड्रप’मा शुल्क असुलिएको पाइए सम्बन्धित व्यक्तिमाथि आवश्यक कारबाही गरिने पनि स्पष्ट पारे। नयाँ व्यवस्थाले विमानस्थल आउने–जाने यात्रु र उनीहरूका आफन्तलाई थप सुविधा पुग्ने विश्वास गरिएको छ।