सीमा सुरक्षामा ठूलो बजेट छुट्याउन हर्क साम्पाङको माग


सीमा सुरक्षामा ठूलो बजेट छुट्याउन हर्क साम्पाङको माग
  • नवकिरण
  • जेष्ठ २८, २०८३

काठमाडौं, जेठ २८ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशको सीमा सुरक्षालाई मजबुत बनाउन तारबार लगाउनुपर्ने र त्यसका लागि ठूलो बजेट छुट्याउनुपर्ने सुझाव दिएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले खुला सीमाका कारण सुरक्षा चुनौती बढ्दै गएको बताए। उनका अनुसार सामान्य सुरक्षा उपाय जस्तै वाचम्यान र सीसीटीभी जडान गरिएझैँ देशको सीमामा पनि कडा निगरानी आवश्यक छ।

‘अब सीमामा पनि नियन्त्रण र सुरक्षा चाहिन्छ,’ उनले भने, ‘यदि सम्भव छ भने करिब १ खर्ब रुपैयाँको बजेट छुट्याएर सीमामा तारबार लगाउनुपर्छ।’

उनले विकास निर्माणभन्दा पनि सीमा सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै सरकारले यस विषयमा गम्भीर हुनुपर्ने बताए।

त्यसैगरी, उनले संसद् अवरोध र राजनीतिक बहसका बीच पनि प्रधानमन्त्रीले संसद्मै आएर स्पष्ट जवाफ दिनुपर्ने आफ्नो अडान दोहोर्‍याए