रास्वपामा पदाधिकारी चयनको मतदान सम्पन्न, आजै नेतृत्वको टुंगो लाग्ने


रास्वपामा पदाधिकारी चयनको मतदान सम्पन्न, आजै नेतृत्वको टुंगो लाग्ने
  • नवकिरण
  • अषाढ १२, २०८३

काठमाडौं, असार १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। मतदान समय सकिएपछि मतदान केन्द्रभित्र रहेका प्रतिनिधिहरूले अन्तिम चरणको मतदान गरिरहेका छन्।

निर्वाचन समितिले सबै प्रतिनिधिको मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी गरेको जनाएको छ। पदाधिकारी निर्वाचनको नतिजा आजै सार्वजनिक हुने अपेक्षा गरिएको छ।

रास्वपाको महाधिवेशन असार ७ गतेदेखि सञ्चालन हुँदै आएको थियो। आज पदाधिकारीको निर्वाचनसँगै महाधिवेशनको औपचारिक समापन गर्ने कार्यक्रम रहेको छ।

यस निर्वाचनबाट पार्टीका पाँच पदाधिकारी चयन हुनेछन्।