संसदीय अभ्यासमा देखिएको कमजोरी हटाउन सांसदहरूलाई विशेष प्रशिक्षण कार्यक्रम सुरु


संसदीय अभ्यासमा देखिएको कमजोरी हटाउन सांसदहरूलाई विशेष प्रशिक्षण कार्यक्रम सुरु
  • नवकिरण
  • अषाढ १५, २०८३

काठमाडौं, असार १५ – संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरूलाई लक्षित गर्दै संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। संसद् भवनको सभा हलमा आयोजित उक्त कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ।

प्रशिक्षणका क्रममा सांसदहरूलाई संसदीय कार्यप्रणाली, नियमावली, विधेयक प्रक्रिया, बैठक सञ्चालन तथा प्रभावकारी संसदीय भूमिकाबारे जानकारी दिइनेछ। सचिवालयका अनुसार यसले सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हालै निर्वाचित भएका केही सांसदहरूमा संसदीय अभ्यास र नियमबारे पर्याप्त अनुभवको कमी रहेको चर्चा भइरहेका बेला उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरिएको हो।

संसद् सचिवालयले यस्ता प्रशिक्षण कार्यक्रमले संसद्को कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।