गणेश नेपाली प्रकरणमा धुर्मुसको भावुक प्रतिक्रिया, भने– ‘उनमा मैले आफ्नै पीडा देखेँ’


गणेश नेपाली प्रकरणमा धुर्मुसको भावुक प्रतिक्रिया, भने– ‘उनमा मैले आफ्नै पीडा देखेँ’
  • नवकिरण
  • अषाढ २६, २०८३

काठमाडौं, असार २६ – हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले गणेश नेपालीको घटनाप्रति दुःख व्यक्त गर्दै आफूले त्यसमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन् ।

धुर्मुसले सामाजिक सञ्जालमार्फत लामो समयदेखि पीडा, निराशा र संघर्षका बीच जीवन बिताइरहेको अवस्थामा गणेश नेपालीको अवस्थासँग आफूले समानता महसुस गरेको उल्लेख गरेका हुन् ।

उनले नागरिकका समस्या र पीडालाई राज्यले गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । राज्य सबै नागरिकको भरोसायोग्य अभिभावक बन्नुपर्ने र देशमै सम्मानपूर्वक श्रम गरेर बाँच्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

धुर्मुसले भविष्यमा कुनै पनि नेपालीले चरम निराशाका कारण जीवनप्रति कठोर निर्णय लिनुपर्ने अवस्था नआओस् भन्ने कामना समेत गरेका छन् ।