बैतडीमा दुःखद दुर्घटना : ट्याक्टरसहित भीरमा खस्दा चालकको मृत्यु


बैतडीमा दुःखद दुर्घटना : ट्याक्टरसहित भीरमा खस्दा चालकको मृत्यु
  • नवकिरण
  • अषाढ ३२, २०८३

बैतडी, असार ३२ – बैतडीको पुर्चौडी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो भएको दुर्घटनामा चालकले घटनास्थलमै ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार पुरघाटबाट ढोल्यामोडतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ त १६०० नम्बरको ट्याक्टर पुर्चौडी नगरपालिका–१ स्थित रोतेशिलामा सडकबाट चिप्लिएर करिब २०–२५ मिटर तल खसेको थियो।

दुर्घटनामा कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी ४४ वर्षीय देवसिंह भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ट्याक्टरमा चालक मात्रै सवार रहेको र दुर्घटनामा अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान अघि बढाएको छ।

दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहे पनि ट्याक्टर सडकबाट अनियन्त्रित भएर तल खसेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।