पत्रकार किशोर श्रेष्ठ हतकडीसहित अदालतमा उपस्थित


पत्रकार किशोर श्रेष्ठ हतकडीसहित अदालतमा उपस्थित
  • नवकिरण
  • श्रावण २८, २०८३

काठमाडौं, साउन २८ – बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालत लैजानुअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालयमा समेत उपस्थित गराइएको थियो।

श्रेष्ठ जनआस्था साप्ताहिक र जनआस्था डटकमका सञ्चालक तथा सम्पादक हुन्। उनलाई व्यक्तिगत गोपनीयता उल्लंघनसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउपछि आवश्यक कानुनी प्रक्रियाका लागि श्रेष्ठलाई सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएको हो। अदालतबाट हुने आदेशअनुसार अब उनको कानुनी प्रक्रिया अघि बढ्नेछ।