मकवानपुरमा नाबालिका छोरीमाथि दुराचारको आरोपमा बाबु पक्राउ


मकवानपुरमा नाबालिका छोरीमाथि दुराचारको आरोपमा बाबु पक्राउ
  • नवकिरण
  • बैशाख ८, २०८२

८ वैशाख, हेटौंडा – मकवानपुरको थाहा नगरपालिका क्षेत्रमा एक १३ वर्षीया छोरीमाथि दुराचार गरेको आरोपमा एक ३६ वर्षीय बाबु पक्राउ परेका छन्।

पीडित बालिकाले आफन्तलाई घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय, पालुङमा उजुरी परेको थियो। प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार, उजुरीमा पीडित बालिकामाथि उनका बाबुले गत कार्तिक महिनादेखि पटक–पटक दुर्व्यवहार गर्दै आएको उल्लेख छ।

प्रहरीका अनुसार बालिकाकी आमा दोस्रो विवाहपछि अन्यत्र बस्दै आएकी थिइन्, जसपछि बालिका बाबुसँगै बस्दै आएकी थिइन्। घटनासम्बन्धी अनुसन्धान अघि बढाइएको छ र आरोपितविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको डीएसपी अर्यालले जानकारी दिएका छन्।