नवलपरासी, वैशाख १६ – नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने क्षेत्रमा रातिको सवारी आवागमन वैशाख ३१ गतेसम्म बन्द गरिने भएको छ।
सडक विस्तारका लागि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका अनुसार भित्तातर्फ कटिङ र अन्य निर्माणकार्य वर्षाअगावै सक्नका लागि रातको समयमा सवारी रोकिएको हो।
दाउन्नेको १४ किलोमिटर खण्डमा तीन लेनको सडक विस्तार भइरहेको छ। रु १७ अर्ब लागतमा काम गरिरहेको चाइना स्टेट इञ्जिनियरिङ कम्पनीले म्याद तेस्रोपटक साउन ८ सम्म पाएको छ।