मेनपावर कम्पनीलाई वार्षिक १०० कामदार पठाउनुपर्ने प्रावधान हटाइयो


मेनपावर कम्पनीलाई वार्षिक १०० कामदार पठाउनुपर्ने प्रावधान हटाइयो
  • नवकिरण
  • बैशाख १७, २०८२

काठमाडौँ, वैशाख १७ – अबदेखि इजाजतप्राप्त मेनपावर कम्पनीले हरेक वर्ष १०० जना कामदार विदेश पठाउनैपर्ने बाध्यात्मक प्रावधान हटाइएको छ।

प्रतिनिधिसभाबाट पारित ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मार्फत वैदेशिक रोजगार ऐनका विभिन्न प्रावधान संशोधन गरिएको हो।

यो प्रावधान २०७५ सालमा लागू गरिएको थियो, जसअनुसार लगातार दुई वर्ष १०० श्रमिक नपठाउने कम्पनीको इजाजतपत्र रद्द गरिन्थ्यो।

साथै, अब श्रमिक छनोटका लागि राष्ट्रिय पत्रिका र वेबसाइटमा विज्ञापन दिनुपर्ने, ६ महिनासम्मको सीपमूलक तालिम अनिवार्य गर्ने र पीडित श्रमिकको आधारमा जनही ५० हजार जरिवाना लागु हुने व्यवस्था गरिएको छ।

संशोधित विधेयक अब राष्ट्रिय सभामा पेस गरिनेछ।