काठमाडौंका निजी विद्यालयलाई छात्रवृत्तिको विवरण जेठको पहिलो सातासम्म बुझाउन निर्देशन


काठमाडौंका निजी विद्यालयलाई छात्रवृत्तिको विवरण जेठको पहिलो सातासम्म बुझाउन निर्देशन
  • नवकिरण
  • बैशाख १७, २०८२

काठमाडौं, वैशाख १७ – काठमाडौं महानगरपालिकाले आफ्ना मातहत रहेका निजी विद्यालयहरूलाई छात्रवृत्तिको विवरण जेठको पहिलो सातासम्म बुझाउन निर्देशन दिएको छ।

महानगरको शिक्षा विभागले कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्न भनिएको छ।

निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ अनुसार निजी विद्यालयहरूले कम्तीमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ।

विद्यालयस्तरमै समिति गठन गरी विवरण महानगरको वेबसाइटमा पठाउन भनिएको छ। साथै, विद्यालयले सूचना पाटीमा टाँस गरी इच्छुक विद्यार्थी र अभिभावकबाट आवेदन संकलन गर्नुपर्नेछ।