आज वैशाख १८ गतेको राशिफल


आज वैशाख १८ गतेको राशिफल
  • नवकिरण
  • बैशाख १८, २०८२

आज वैशाख १८ गतेको राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन आत्मबल र जोशले भरिएको देखिन्छ। लामो समयदेखि अड्किएका योजनाहरूमा गति आउन सक्छ। आफ्नो विचारलाई राम्ररी अभिव्यक्त गर्ने अवसर मिल्नेछ। नोकरीमा हुनुहुन्छ भने उच्च पदस्थ व्यक्तिको ध्यान तपाईंको तर्फ तानिन सक्छ। प्रेम जीवनमा पारदर्शिता आवश्यक हुनेछ, नत्र सानो कुराले पनि गलतफहमी सिर्जना हुन सक्छ। पारिवारिक वातारण सौहार्दपूर्ण रहनेछ। घरमा केही सानो कार्यक्रम वा अतिथिको आगमनले उत्साह थप्न सक्छ। स्वास्थ्य सामान्य रहनेछ तर थकान वा टाउको दुख्ने जस्ता समस्या देखिन सक्छन्। आर्थिक रूपमा स्थिरता आउँछ, खर्चमा पनि नियन्त्रण राख्न सक्नुहुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिन वृष राशिका लागि व्यवसायिक सोच र लगानीका दृष्टिकोणले लाभदायक रहनेछ। साझेदारीमा गरिएको कामले विशेष लाभ दिलाउन सक्छ। घरपरिवारमा समझदारी बढ्नेछ, विशेष गरी अभिभावकहरूसँगको सम्बन्ध सुमधुर रहनेछ। वैवाहिक जीवनमा मिठास छाउनेछ। प्रेम प्रस्ताव राख्ने सोचमा हुनुहुन्छ भने आज प्रयास गर्न सकिने दिन हो। स्वास्थ्यका दृष्टिकोणले घाँटी, छाती वा एलर्जीजन्य समस्याले सताउन सक्छ, सावधानी अपनाउनुहोस्। आर्थिक अवस्थामा सुधार देखिन्छ, नयाँ स्रोतबाट आम्दानीको संभावना पनि देखिन्छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज केही मनोवैज्ञानिक दबाबको सामना गर्नुपर्ने हुन सक्छ। मनमा अनेकौं विचार आउनाले काममा ध्यान केन्द्रित गर्न गाह्रो हुनेछ। खासगरी नजिकका मानिसहरूसँग मतभेद हुनसक्छ, जसले सम्बन्धलाई असर पुर्‍याउन सक्छ। प्रेमजीवनमा दूरी बढ्न सक्ने सम्भावना देखिन्छ, त्यसैले बुझाइ र संवादमा जोड दिनु आवश्यक छ। स्वास्थ्य तर्फ पेटको समस्या, ग्यास, अपच वा निद्रामा बाधा देखिन सक्छ। कामकाजमा ढिलासुस्ती देखिन सक्छ, तर दृढ आत्मबलले परिस्थितिलाई नियन्त्रणमा लिन सक्नुहुन्छ। आर्थिक पक्षमा अस्थिरता देखिन सक्छ, बचत गर्नुपर्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशिका लागि आजको दिन उन्नतिको मार्ग खुल्ने संकेत देखिन्छ। नयाँ अवसरको खानी खुल्नेछ, विशेषगरी नयाँ योजना, जागिर वा व्यवसायको क्षेत्रबाट सुखद प्रस्ताव आउन सक्छ। पारिवारिक सहयोगले उत्साह बढाउनेछ। प्रेम सम्बन्धमा गहिरो भावनात्मक निकटता आउन सक्छ। घरमा रमाइलो वातावरण रहनेछ। स्वास्थ्य पनि मजबुत देखिन्छ, केवल खानपानमा ध्यान दिन आवश्यक छ। आज सामाजिक वा धार्मिक काममा पनि सक्रिय सहभागिता जनाउन सकिनेछ। खर्च केही बढ्न सक्छ, तर ती दीर्घकालीन लाभदायक हुने खालका रहनेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज तपाईंको विचार र योजनालाई सम्मान मिल्नेछ। पेसागत क्षेत्रमा मेहनतको राम्रो प्रतिफल मिल्ने सम्भावना देखिन्छ। उच्च अधिकारी वा सीनियर व्यक्तिको प्रशंसा प्राप्त हुनसक्छ। प्रेम सम्बन्धमा तपाईंले नेतृत्वदायी भूमिका निभाउनु पर्ने हुन सक्छ। वैवाहिक जीवनमा व्यवहारमा लचकता आवश्यक हुनेछ। घरमा कुनै निर्णय गर्दा सबैको राय लिनु उपयुक्त हुनेछ। स्वास्थ्य तन्दुरुस्त देखिन्छ, मानसिक शान्ति पनि रहनेछ। आर्थिक हिसाबले आयको स्रोत बढ्न सक्छ, लगानी गर्ने सोच छ भने दिन अनुकूल देखिन्छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

विद्या, ज्ञान र चिन्तनको क्षेत्रमा प्रगति देखिने दिन हो। शिक्षा, अनुसन्धान वा सृजनात्मक काममा संलग्न हुनुहुन्छ भने सफलता मिल्नेछ। तर, काममा सन्तुलन कायम राख्नुपर्नेछ, किनभने कामको चाप बढ्न सक्छ। पारिवारिक सम्बन्धमा केही कुराहरूले मन खिन्न हुनसक्छ, विशेष गरी साना झगडा वा विचारमा मतभेद देखिन सक्छ। प्रेममा छलकपट नगर्नुहोस्, नत्र सम्बन्धमा दरार आउन सक्छ। स्वास्थ्यमा खास चिन्ता छैन, तर पाचन प्रणाली कमजोर हुन सक्छ। खर्च र बचतको सन्तुलनमा ध्यान पुर्याउनुहोस्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सकारात्मक सोच र समझदारीले आजको दिनलाई फलदायी बनाउन सकिनेछ। आफ्नो क्षमताको राम्रो प्रयोग गर्न सक्नुहुनेछ। नयाँ ठाउँबाट सम्मान वा पुरस्कार प्राप्त हुनसक्छ। वैवाहिक जीवनमा मिठास आउनेछ भने एकल जीवन बिताइरहनु भएका व्यक्तिहरूका लागि नयाँ सम्बन्धको संकेत देखिन्छ। घरायसी वातावरणमा आनन्द र सौखिनता अनुभव हुनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। धन आगमनका नयाँ स्रोत खुल्न सक्छन्, लगानीका लागि उपयुक्त दिन हो, तर ऋण लिन भने सोचविचार गरेर मात्र गर्नुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आजको दिन व्यस्त रहनेछ। दिनभर कामको चाप रहने भए तापनि अन्त्यमा सन्तोषजनक उपलब्धि मिल्नेछ। आफन्त वा साथीहरूको सहयोगले उत्साह बढ्नेछ। प्रेम सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। पारिवारिक जिम्मेवारी निभाउने काममा केही समय दिनुपर्नेछ। स्वास्थ्यमा अलिकति चिसो वा भाइरलको असर देखिन सक्छ, विशेष ध्यान दिनु आवश्यक छ। काममा प्रगति भए पनि खर्चको मात्रा पनि उस्तै देखिन्छ, फजुल खर्च कटौती गर्नु उपयुक्त हुनेछ।

धनु (ये, यो, भा, भि, भू, ध, फा, ढ, भे)

धनु राशिका लागि आजको दिन सृजनशील ऊर्जा प्रवाहित हुनेछ। मनमा उत्साह र उमंग रहनेछ। शिक्षा, यात्राको योजना वा वैदेशिक सम्बन्धमा प्रगति देखिन्छ। प्रेमसम्बन्ध प्रगाढ बन्नेछ, साथीबाट विशेष सन्देश वा उपहार पाउने सम्भावना छ। पारिवारिक जिम्मेवारी पूरा गर्ने बेला आएको छ। स्वास्थ्यमा स्फूर्ति रहनेछ तर बाहिरी खानपान कम गर्नु राम्रो हुनेछ। आर्थिक पक्ष सुदृढ देखिन्छ, नयाँ लगानी सोच्न सकिने समय हो।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज तपाईंको व्यवहार र सादगीले सबैको मन जित्नेछ। घर–परिवारमा सौहार्दता रहला। वैवाहिक जीवन सुखद रहनेछ। लामो समयदेखि अड्किएको सम्पत्ति सम्बन्धी काम अघि बढ्न सक्छ। प्रेम सम्बन्धमा केही दूरी या कटुताको स्थिति बन्न सक्छ, संवाद बढाउनु उचित हुनेछ। स्वास्थ्य बलियो देखिन्छ, तर मानसिक तनावले असर गर्न सक्छ। आर्थिक रूपमा समय अनुकूल देखिन्छ, तर अहंकार वा घमण्डले बनिसकेको कुरो बिग्रन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मानसिक रूपमा स्थिरता र स्पष्टताले काम गर्न सकिने दिन हो। विचारहरूलाई कार्यान्वयनमा ल्याउने समय हो। पढाइ, अनुसन्धान, प्राविधिक काम वा प्रस्तुतीकरणमा उत्कृष्ट प्रदर्शन गर्न सक्नुहुनेछ। प्रेम सम्बन्धमा साथीको भावनालाई ध्यान दिनु आवश्यक छ। वैवाहिक जीवनमा विश्वास र भरोसा बलियो बन्नेछ। यात्राको सम्भावना पनि देखिन्छ, जसले नयाँ अनुभव र ज्ञान दिलाउनेछ। स्वास्थ्य पक्ष सामान्य देखिन्छ, ध्यान केन्द्रित गर्न ध्यान वा योग लाभदायक हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशिका लागि आजको दिन आत्मसमीक्षा र भविष्य निर्माणमा केन्द्रित रहनेछ। काममा थोरै दबाब भए पनि तपाईंको संयमता र धैर्यताले सबै ठीक पार्नेछ। प्रेम सम्बन्धमा भावनात्मक समझदारीले सम्बन्ध बलियो बनाउनेछ। घरमा सल्लाहबिना कुनै निर्णय नगर्नुहोस्, साना कुरामा पनि राय लिनु राम्रो हुनेछ। स्वास्थ्यमा कमजोरी वा आलस्यको अनुभूति हुन सक्छ, व्यायाम र पौष्टिक खाना लिनु उत्तम हुनेछ। आर्थिक रुपमा खर्च बढे पनि, त्यसको प्रतिफल फाइदाजनक देखिन्छ।