काठमाडौं, वैशाख २३ – संघीय संसद्मा आज पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको छ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्ने कार्यक्रम रहेको छ।
हिजो सोमबारको बैठकमा राष्ट्रिय सभाका २२ जना सांसदले नीति तथा कार्यक्रममाथि आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। बाँकी सांसदहरूले आज धारणा राख्ने कार्यक्रम छ।
संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आजै उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। तर, आवश्यकता अनुसार उक्त कार्यसूचीमा हेरफेर हुन सक्ने सम्भावना संसद सचिवालयले जनाएको छ।
सरकारले वैशाख १९ गते संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो। छलफलपछि यसमाथि मतदान गरिनेछ।