काठमाडौं, बैशाख २४: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्।
खुमलटारस्थित आफ्नै निवासमा गएराति शौचालयमा चिप्लिएर लडेपछि उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार प्रचण्डको टाउको र निधारमा चोट लागेको छ र उनलाई केही टाँका समेत लगाइएको छ।
हाल उनको अवस्था सामान्य रहेको र स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
पार्टीका नेताहरुले प्रचण्डको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् भने शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत चाँडो स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्।