काठमाडौँ, वैशाख २५ — राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको एजेन्डा पुरा नभएसम्म राष्ट्रवादी आन्दोलन नरोकिने बताएका छन्।
राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा थापाले राष्ट्रवादी शक्तिहरू एकजुट भएर भ्रष्ट व्यवस्था र कुशासन अन्त्य गर्ने बताए।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै राष्ट्रवादी आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी उनको काँधमा पुगेको उल्लेख गरे।
कार्यक्रममा राजावादी समूहले जेठ १५ गतेबाट अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्।