काठमाडौँ, वैशाख २५ – तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रवीन्द्र मिश्र र दुर्गा प्रसाईँसहित २४ जनालाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
राज्यविरुद्धको कसुरमा सातौँपटक उनीहरूकाे म्याद थप गरिएको हो। न्यायाधीश मोना सिंहको इजलासले थप अनुसन्धान आवश्यक भएको भन्दै म्याद थपको अनुमति दिएको हो।
यसअघि वैशाख २१ गते पनि उनीहरूको म्याद थप गरिएको थियो। अहिले थप अनुसन्धान आवश्यक परेपछि पुनः म्याद थपका लागि उनीहरूलाई अदालतमा उपस्थित गराइएको थियो।
यसैबीच, सोही मुद्दामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर जबरा भने क्यान्सरको उपचारको प्रयोजनका लागि यसअघि नै रिहा भएका छन्।