काठमाडौँ, वैशाख २५ – राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले राज्यले आफूलाई अन्यायपूर्वक अपराधी ठहर गर्न खोजेको गुनासो गरेका छन्।
बिहीबार अदालतमा पेश हुँदा उनले ४१ दिन हिरासतमा रहँदा दुईवटा आरोप बोकेको र अहिले ४२ औँ दिनमा तेस्रो आरोप थपिएको बताए।
मिश्रले इजलासमा भने, “राज्यले मेरो निधारमा तेस्रो कालो टीका लगाइदियो।” उनले आफूले कुनै हिंसात्मक कार्य नगरेको र बोल्दा आक्रोश देखिएको हुन सक्ने तर अपराध नगरेको स्पष्ट पारे।
चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनपछि पक्राउ परेका मिश्रसहित २४ जनालाई काठमाडौं जिल्ला अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूविरुद्ध सातौँ पटक म्याद थपिएको हो।