एमालेको माग : कृषि क्षेत्रमा १०% बजेट विनियोजन गर्नुपर्ने


एमालेको माग : कृषि क्षेत्रमा १०% बजेट विनियोजन गर्नुपर्ने
  • नवकिरण
  • बैशाख २७, २०८२

काठमाडौँ, वैशाख २७ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी आर्थिक वर्ष २०८२/८३ मा कृषि क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्न माग गरेको छ।

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको कृषि तथा पशुपक्षी विकास विभागको बैठकले कृषि उत्पादनमा आत्मनिर्भरता, रोजगारी र स्थानीय उद्यमशीलता प्रवर्द्धन गर्न ठोस कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको हो।

बैठकले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुनःसंरचना, किसानलाई निःशुल्क स्वास्थ्य सेवा, विद्युत महसुलमा ७५% छुट र समर्थन मूल्य निर्धारण गर्दा खर्च र नाफा समावेश गर्नुपर्ने माग गरेको छ।