राहत शिक्षकको चेतावनी : शिक्षा ऐन नआए ‘गर या मर’ आन्दोलन


राहत शिक्षकको चेतावनी : शिक्षा ऐन नआए ‘गर या मर’ आन्दोलन
  • नवकिरण
  • बैशाख २८, २०८२

काठमाडौँ, वैशाख २८ – नेपाल राहत शिक्षक केन्द्रीय समितिले विगतमा भएको सम्झौता अनुसार विद्यालय शिक्षा ऐन जारी नभए ‘गर या मर’ आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ

शिक्षक महासङ्घको नेतृत्वमा २९ दिन लामो आन्दोलनपछि शिक्षा मन्त्रालयसँग ९ बुँदे सहमति भएको थियो। उक्त सहमति अनुसार असार १५ भित्र शिक्षा ऐन जारी गर्ने भनिए पनि सरकारले चासो नदेखाएको भन्दै शिक्षकहरूले कडा कदम चाल्ने चेतावनी दिएका हुन्।

सम्भावित आन्दोलनका लागि पालिका, जिल्ला र प्रदेश समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। यदि महासङ्घले आन्दोलनको नेतृत्व नगरेमा राहत शिक्षकहरू आफैं सडकमा उत्रिने निर्णय गरिएको छ।

त्यसैगरी सांगठानिक अनुशासनविपरीत कार्य गरेका चार पदाधिकारीलाई पदबाट हटाइएको समितिले जनाएको छ।