बुटवल, वैशाख २९ – प्रधानमन्त्री केपी शर्मा ओली सोमबार २५६९औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आइपुगेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी विमानस्थलमा प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू सहभागी छन्।
कार्यक्रमका लागि लुम्बिनी क्षेत्रलाई विशेष रूपमा सजाइएको छ। प्रधानमन्त्री ओलीले मायादेवी मन्दिरको दर्शन गरेपछि मूल समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसमेत सहभागी छन्।