काठमाडौंमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते


काठमाडौंमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते
  • नवकिरण
  • बैशाख २९, २०८२

काठमाडौं, वैशाख २९ – काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडि सोमबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

बा.३४ प ४३२० नम्बर र रा.७ प ८७९५ नम्बरका मोटरसाइकलहरू एक आपसमा ठोक्किँदा तनहुँको आँबुखैरेनी नगरपालिका–५ का ४६ वर्षीय सन्तोष कुमार गुरुङ गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याइएको थियो। तर, उपचारका क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ।

दुर्घटनामा सोही मोटरसाइकलमा सवार अर्का एक जना पनि गम्भीर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ। अर्का मोटरसाइकल चालकको पनि अवस्था गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाकाे कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।