काठमाडौं, वैशाख २४ – काठमाडौंको नक्सालस्थित ऐतिहासिक बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।
बुधबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको यो मुद्दा लामो समयदेखि चर्चामा रहेको थियो। यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरी सम्झौता रद्द भएपछि मुद्दा नचलाउने सुझावसहित प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो।
तर, महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्रै उक्त निर्णय उल्ट्याउँदै मुद्दा चलाउने आदेश दिएको थियो। त्यसपछि बुधबार ती १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।
मुद्दा दर्ता भएका व्यक्ति यस प्रकार छन् :
१) रिता सिंह
२) तुलसी नारायण श्रेष्ठ
३) गणेशभक्त श्रेष्ठ
४) कृष्ण शंकर साह
५) श्याम कुमार आले
६) सुवास कुमार पोखरेल
७) प्रचण्ड राज प्रधान
८) राम काजी गुरुङ
९) योगेन्द्र बहादुर शाही
१०) दीपक दास श्रेष्ठ
११) प्रविण राज जोशी
१२) मुरारी निधि तिवारी (ना.प्र.नं. ६५४७–०२६–५१४५१)
१३) पुरुषोत्तम राज जोशी
१४) श्रद्धा संघाई
१५) अभिनव सिंघानिया (भारतीय नागरिक)
१६) सिद्धार्थ केडिया (भारतीय नागरिक)
१७) कीर्ति प्रसाद पाण्डेय (भारतीय नागरिक)
उक्त प्रकरणमा अब अदालतको सुनुवाइ सुरु हुने अपेक्षा गरिएको छ। बालमन्दिरको जग्गा सार्वजनिक सम्पत्ति भएकाले यस विषयमा सर्वसाधारणको चासो विशेष रहेको छ।