काठमाडौं, फागुन १९ – सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको छ।
मंगलबार न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईंलाई म्याद सूचना प्राप्त भएको समयदेखि बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्दै बन्दीसहित अदालतमा उपस्थित हुन निर्देशन दिएको हो।
अदालतको आदेशमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानसँग सम्बन्धित सक्कल मिसिलसमेत झिकाउन भनिएको उल्लेख छ।
यसअघि जिल्ला प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई निर्वाचन भड्काउने प्रयास गरेको आरोपमा सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ गरेको थियो।
पक्राउपछि प्रसाईंले आफ्नो गिरफ्तारीविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए, जसको सुनुवाइका क्रममा सर्वोच्चले उनलाई लिखित जवाफसहित उपस्थित गराउन आदेश दिएको हो।
