सप्तरी, वैशाख ८ – जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतम केसीमाथि अनुसन्धान थालिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले विवादित अडियो सार्वजनिक भएपछि घटनाको छानबिन गर्न वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरेको हो ।
प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेका अनुसार एसएसपी कमल थापाको संयोजकत्वमा बनेको समितिले काम अघि बढाइसकेको छ ।
समितिले सम्बन्धित अडियो प्रकरणबारे प्रमाण संकलन गर्नुका साथै एसपी केसीसँग प्रारम्भिक सोधपुछ पनि सुरु गरेको जनाएको छ ।
सार्वजनिक अडियोमा एक सेवाग्राहीले उजुरी दर्ता गर्न असहजता भएको र प्रहरीबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेको सुनिन्छ ।
उक्त विषयलाई गम्भीर रूपमा लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।
