हेलमेटबिनै सवारी चलाउँदा मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा, ५०० रुपैयाँ जरिबाना


हेलमेटबिनै सवारी चलाउँदा मुख्यमन्त्री कमलबहादुर शाह कारबाहीमा, ५०० रुपैयाँ जरिबाना
  • नवकिरण
  • अषाढ १८, २०८३

कैलाली, असार १८ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कारबाहीमा परेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले हेलमेट नलगाई सवारी चलाएको पुष्टि भएपछि मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिबाना तिराएको हो। ट्राफिक प्रहरी प्रमुख रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिबाना असुल गरेको जनाएको छ।

प्रहरीका अनुसार ट्राफिक नियम सबैका लागि समान रूपमा लागू हुने भएकाले सार्वजनिक पदमा रहेका व्यक्तिलाई पनि नियम उल्लंघन गरेमा कानुनबमोजिम कारबाही गरिने व्यवस्था अनुसार मुख्यमन्त्री शाहमाथि पनि जरिबाना गरिएको हो।