शिक्षक आन्दोलन : सरकारसँगको वार्ता सहमतिनजिक, आज पुनः वार्ता


शिक्षक आन्दोलन : सरकारसँगको वार्ता सहमतिनजिक, आज पुनः वार्ता
  • नवकिरण
  • बैशाख १६, २०८२

काठमाडौं, वैशाख १६ – आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बन्दै गएको छ। सोमबार रातिको वार्ताले सहमतिनजिक पुगेको संकेत दिएको छ।

सरकारले पूर्व शिक्षामन्त्री विद्या भट्टराईले तयार पारेको सातबुँदे प्रस्तावका आधारमा सहमति गर्ने तयारी गरेको छ। आज पुनः वार्ता बस्ने तय भएको छ भने त्यसअघि शिक्षक महासंघले अन्य संघ–संस्थासँग छलफल गरिरहेको छ।

शिक्षकहरूको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्नु हो। ऐन पारित गर्न प्रमुख सचेतकहरूको बैठक बस्ने तयारी भइरहेको छ।

सोमबार कांग्रेस उपसभापति खड्काको निवासमा सत्ता पक्ष र शिक्षक नेताहरूको बैठक बसेको थियो। बैठकपछिको वार्ता सकारात्मक बनेको र आज निष्कर्ष निस्कने दुवै पक्षको विश्वास छ।