काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलबाट फर्किइन्


काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख डंगोल कान्स फिल्म फेस्टिभलबाट फर्किइन्
  • नवकिरण
  • जेष्ठ ९, २०८३

काठमाडौँ, जेठ ९ – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल आज बिहान फ्रान्सबाट नेपाल फर्किएकी छिन्। उनी हालै सम्पन्न कान्स फिल्म फेस्टिभलमा भाग लिन फ्रान्स गएकी थिइन्।

महानगरपालिकाले आयोजना गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचार-प्रसारको अवसरमा जेठ ३ गते उनी कान्सका लागि प्रस्थान गरेकी थिइन्।

फर्किनेबित्तिकै सुनिता डंगोलले आगामी महोत्सवको तयारीमा सक्रिय भूमिका खेल्ने जानकारी दिइन्।