पोखरा, वैशाख २२ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले व्यावसायिक ड्रागन खेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नर्सरी स्थापना गरेको छ। नर्सरीको उद्घाटन पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विशेष कार्यक्रमका बीच गरेका हुन्।
नर्सरीका लागि आवश्यक ड्रागनको बीउ कफी व्यवसायी सोभाखर अधिकारीले उपलब्ध गराएका हुन्। कार्यक्रममा अधिकारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न पाएकोमा सन्तोष व्यक्त गरे।
महासचिव विप्लवले कृषि क्षेत्रको विकास पार्टीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माणमा सबैको सहकार्य आवश्यक रहेको बताए।
नेकपाले यो पहलले गण्डकी प्रदेशमा फलफूल खेतीको विविधीकरण र कृषकहरूको आयस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।