काठमाडौँ, जेठ ९ – लामो समयदेखि बन्द रहेको ऐतिहासिक हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने तयारी सरकारले तीव्र बनाएको छ। यसै क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौँडा औद्योगिक क्षेत्रको स्थलगत निरीक्षण गरेकी छिन्।
मन्त्री यादवले निरीक्षणका क्रममा उद्योगको हालको अवस्था, मेसिनरीहरूको स्थिति, र पुनः सञ्चालनका सम्भावनाबारे विस्तृत जानकारी लिएकी छिन्। साथै, उद्योगलाई छिटो र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन आवश्यक कदमहरूबारे सरोकारवालाहरूसँग छलफल पनि गरिएको उनको सचिवालयले जनाएको छ।
सरकारले यस उद्योगको पुनः सञ्चालनमार्फत क्षेत्रीय रोजगार सिर्जना र उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ। उद्योगको पुनः संचालनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
